४ जेष्ठ २०८१, शुक्रबार

माधव नेपालसहित चार नेतालाई एमालेले सोध्यो स्पष्टीकरण



 

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका छन् ।

पार्टी कार्यालयका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पत्र पुर्‍याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको उनले बताए । पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको बुझिएको छ ।

शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा अनुपस्थित भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !