आज कारोबारको पहिलो घण्टामै ओरालो यात्रामा नेप्से
काठमाडौं । साताको दोस्रो दिन(सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टासम्म आइपुग्दाँ सामान्य अंकले ओरालो लागेको छ
१२ बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ४.७८ अंकले ओरालो लागेर २५३३.६८ को बिन्दुमा पुगेको छ ।
कारोबारमा रहेका १३ उपसमुहमध्ये २ उपसमुह मात्र उकालो लागेका छन् । होटल समुह १११.५२ अंक र हाइड्रोपावर समुह ४५.५९ अंकले बढेको हो ।
सोही अवधीसम्म कारोबारमा आएका १९८ कम्पनीको ३७ लाख ७६ हजार २९४ कित्ता शेयर १९ हजार ४९ पटक खरिद बिक्री हुदाँ १ अर्ब ६१ करोड २३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।