४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको सूर्य थापाले प्रचण्डको गरे यस्तो तल्लोस्तरको टिप्पणी



 

काठमाडौं । एमालेका नेता एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आत्महत्या गर्ने भनेर तल्लोस्तरको टिप्पणी गरेका छन् ।

थापाले प्रधानमन्त्री ओलीबिरुद्ध दाहालले दिएका आपत्तिजनक अभिब्यक्तिलाई लिएर कठोर टिप्पणी गरेका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दाहालविरुद्ध यस्तो अभिव्यक्ति दिएका छन् ।

‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ’, उनले भनेका छन्, ‘धेरै पहिले एकजना मनोविदले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन ।’
थापाले भनेका छन्, ‘रिसाएको बिरालोले खाबो चिथोर्छ ! पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ !’
‘धेरै पहिले एकजना मनोविदले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन्’, थापाले भनेका छन्, ‘प्रचण्डलाई संभवतः यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !’
‘विगतमा दश वर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० वर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?’, थापाले दाहालसँग प्रश्न गरेका छन् ।

https://www.facebook.com/surya.thapa.754918



प्रतिक्रिया दिनुहोस !