२ जेष्ठ २०८१, बुधबार

राष्ट्रपति भण्डारीलाई बंगलादेशमा दिइयो २१ तोपको सलामी



 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुुगेकि छिन् । दुई दिने राजकीय भ्रमणमा सोमबार भण्डारी ढाका गएकि हुन् ।

ढाकामा भण्डारीलाई बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका छन्। भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामी दिइएको छ ।

भण्डारीको स्वागतमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित भएका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्यसहित बंगलादेश पुग्नुभएकी भण्डारीले नेपाल र बंगलादेशको बीचको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत चारवटा समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !