२७ बैशाख २०८१, बिहीबार

नेता जोशीको उपचार गर्न सरकारले दिएको १० लाख रुपैयाँ उनको परिवारले नलिने



 

काठमाडौं । मष्तिस्काघात भएर उपचाररत् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग उनको परिवारले नलिने भएको छ ।

सरकारले दिने भनेको सहयोग रकम परिवारले नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले बताए ।

सरकारले गएको बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, परिवारले भने सहयोग नलिने निर्णय गर्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको हो ।

‘सरकारले अनर गर्‍यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । हामीले उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।’



प्रतिक्रिया दिनुहोस !