३० बैशाख २०८१, आईतवार

आज शेयर बजारमा ३४ अंकको वृद्धि, चन्द्रागिरी सहित ३ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा



 

काठमाडौं । साताको पहिलो दिन आइतवार कारोबार शुरू भएदेखि हालसम्म नेप्से परिसूचक ३४.३९ अंकले बढ्दा बजार २५०९.४८ विन्दुमा पुगेको छ ।

हालसम्म १ सय ९९ कम्पनीको शेयर खरिदबिक्रीमार्फत १ अर्ब ८२ करोड १२ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको शुरूदेखि नै तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा पुगेको नेप्सेले जनाएको छ ।

जसअनुसार, विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९९ प्रतिशत वृद्धि भएको छ । १ सय ४९ रुपैयाँ बढ्दै कम्पनीको शेयर मूल्य १ हजार ६४० रुपैयाँ पुगेको छ ।

यस्तै, चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । १ सय २९ रुपैयाँले बढ्दै कम्पनीको शेयर मूल्य १ हजार ४ सय २१ रुपैयाँ पुगेको छ ।

यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य १ सय ५७ रुपैयाँले बढ्दै १ हजार ७ सय ३१ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !