१ जेष्ठ २०८१, मंगलवार

बढ्यो कालोसूचीमा पर्ने बैंकहरूको सङ्ख्या , कुन महिनामा कति ?



 

काठमाडौं । कालोसूचीमा पर्ने बैंकहरुको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष बैशाख देखि चैत्र पहिलो साता सम्ममा ४ हजार २४७ ग्राहक कालोसूचीमा पर्नेहरूको सङ्ख्या पुगेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

जस अनुसार चालु वर्षको वैशाखमा ७९, जेठ ७४, असार ३६९, साउन ४०२ भदौ २८४, असोज ४००, कात्तिक ३३९, मंसिर ४१३, पुस ४६१, माघ ६२८, फाल्गुन ६४१, चैत्र ९६ गते सम्म ० १६५ कालोसूचीमा पर्नेहरूको सङ्ख्या रहेको छ ।

कालो सूचीमा पर्ने मध्ये व्यक्ति मात्र नभइ संस्थाहरू पनि रहेका छन् । चेक बाउन्स (डिफल्ट)का कारण र कारोना भाइरसका कारण समयमै ऋण बुझाउन नसक्दा कालोसूचीमा पर्नेहरुको सङ्ख्या बढेको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !