२१ बैशाख २०८१, शुक्रबार

भारतमा कोरोना संक्रमणको दर बढेसँगै पंजाबमा शैक्षिक संस्था बन्द गर्ने निर्णय



 

काठमाडौं । भारतको पंजाबमा मार्च ३१ सम्म शैक्षिक संस्था बन्द गरिने भएको छ। कोरोना संक्रमणको दर बढेसँगै राज्य सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जनाएको छ।

शैक्षिक संस्थाहरु बन्द भएसँगै परीक्षाहरु पनि स्थगित गर्ने निर्णय भएको पंजाबका शिक्षा मन्त्री विजय इन्दर सिंग्लाले जानकारी दिए।

पंजाबमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गएको छ। जसकारण राज्य सरकारले मास्क अनिवार्य लगाउन र सतर्कता अपनाउन आग्रह गरेको छ।

पछिल्लो २४ घण्टामा पंजाबमा २ हजार ४९० जनामा संक्रमण पुष्टि हुँदा ३८ जनाको मृत्यु भएको छ।



प्रतिक्रिया दिनुहोस !