१ जेष्ठ २०८१, मंगलवार

पहिलो दिननै साढे २ लाखभन्दा बढीले दिए सिंगटी हाइड्रोपावरको आईपीओमा आवेदन



 

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको साधारण शेयर (आईपीओ) मा पहिलो दिन नै साढे २ लाख बढीले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आईपीओ निष्काशनको पहिलो दिन शुक्रबार साँझ ५ बजेसम्ममा नै २ लाख ५० हजार ४२५ जना आवेदकले आईपीओ भरेको जनाएको छन्।

कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर २६ लाख ९७ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा १.५७ गुणा बढी अर्थात ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !