११ बैशाख २०८१, मंगलवार

बिहानैदेखि देशैभर मौसम बदली, विभिन्न स्थानमा वर्षाको सम्भावना



काठमाडौं । आज बिहानैदेखि देशैभर मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको हो।

अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !