४ जेष्ठ २०८१, शुक्रबार

३ दिन देखि पाथीभरा क्षेत्रमा आगलागि, अझै नियन्त्रणमा आएन



ताप्लेजुङ । प्रशिद्ध तिर्थस्थाल पाथीभरा मन्दिर नजिकै भीषण आगलागि भएको छ ।

मन्दिरबाट करिव ३ किलोमिटर तल फावाखोलाको सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको आगो मन्दिरतर्फ बढी रहेको र मानवीय प्रयासले नियन्त्रण गर्न सम्भव नभएको काराण मन्दिर जोखिममा परेको स्थानिय राजेन्द्र महतले जनाकारी दिएका छन् ।

हावाको बेग उकालो भागतर्फ केन्द्रित भएकोले आगो बढ्न अझ सघाउ पुगिरहेको पनि बताएका छन् । डढेलो ३ दिन देखि लागेको हो । आगो कसले लगाएको हो भन्ने बारे अहिले सम्म पत्ता लाग्न सकेको छैन् ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी क्षेत्रतर्फ प्रस्थान गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए।

तर, त्यो टोली आगलागी भएको क्षेत्र पुग्न कम्तिमा ३ देखि ४ घण्टासम्म लाग्ने भएकोले आगो नियन्त्रण गर्न समस्या आउन सक्ने स्थानिएले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !