२८ बैशाख २०८१, शुक्रबार

काँग्रेस (वी पी) द्वारा नुवाकोटको आगलागी पीडितलाई राहत वितरण



 

काठमाडौं । नेपाली काँग्रेस (वी पी)ले नुवाकोट शिवपुरी ३ का आगलागी पीडितलाई राहत वितरण गरेको छ ।

नुवाकोट जिल्ला शिवपुरि गाउँपालिका वडा नम्बर ३ लिखु मैदानका नतुर तामाङको घरमा गत फागुन २२ गते मध्याह्न १२ः०० बजे तिर आगलागी भइ घरमा भएको खाद्यान्न लत्ताकपडा लगाएत सबै सामाग्री जलेर नष्ट भएको छ ।

हाल सम्म पीडित परिवारलाई स्थानीय सरकार तथा कतैबाट पनि राहत वितरण नभएको पीडित नतुर तामाङले बताए।

नेपाली काँग्रेस (वी पी) जिल्ला कार्यसमिति नुवाकोटका सभापति श्यामबहादुर गुरुङको पहलमा उनलाई आज उनकै निवास पुगि खाद्यान्न, लत्ताकपडा, आर्थिक लगाएतका सहयोग गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !