४ जेष्ठ २०८१, शुक्रबार

तीन महिने कार्यक्रम पारित गर्दै आज खनाल-नेपाल समूहको भेला सकिँदै



 

काठमाडौं । एमालेको खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ ।

ललितपुरको सानेपास्थित एक होटलमा जारी भेला आज साँझ ५ बजे सकिँदै छ । पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेर एकलौटी रुपमा अगाडि बढेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पक्षधरहरुले भेला आयोजना गरेका हुन् ।

भेलाले उक्त समूहको आगामी रणनीति पनि तय गर्ने तयारी छ । भेलाले तीन महिने अभियान लिएर तल्लो तहसम्म जाने कार्यक्रम पारित गर्ने तयारी भएको छ । भेलामा २ हजार हाराहारी नेता कार्यकर्ता सहभागी भएका छन् ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल-नेपाल समूह छ ।

 



प्रतिक्रिया दिनुहोस !