२२ बैशाख २०८१, शनिबार

कपाल झर्ने समस्याले चिन्तित हुनुहुन्छ, अब अपनाउनुस यो तरिका पाउनुहोस कालो-बाक्लो कपाल



काठमाडौं । बदल्दो मौसम र बढ्दो व्यस्तताका कारण अव्यवस्थित जीवनशैलीले गर्दा दिनहू कपाल झर्ने र कपाल पहिला जस्तो कालो र बाक्लो नहुनु अहिलेको ठुलो समस्या बनेको छ । यसका कारण धेरै व्यक्तिहरुले यो समस्याबाट छुट्कारा पाउन कयौं उपायहरु अपनाई सकेका छन् तर समस्या भने जस्ताको त्यस्तै छ ।

यदि तपाई पनि यहि समस्याले गर्दा चिन्तित हुनुहुन्छ र कसरी समस्याबाट छुट्कारा पाउने भन्ने सोच्दै हुनुहुन्छ भने अब यस्तो उपाय अपनाउनुहोस् ।

  • जाडोमा पर्याप्त हेरचाहको कमीले गर्दा धेरैमा चाँयाको समस्या देखा पर्ने हुनाले चाँया परेको कपालमा शुद्द तोरीको तेल लगाउने गर्नु पर्दछ। यस बाहेक नियमित रुपमा वयल मसाज गर्ने, स्टिमरमा बस्ने र हेड प्याड लगाउने गर्नु पर्दछ।
  • सकेसम तेल लगाउंदा आफ्नो छाला अनुसारको तेल प्रयोग गर्नु पर्दछ र कपाल झर्ने समस्या भएकाले ओलिभ वयल र नरिवलको तेल पनी लगाउन सकिन्छ। धेरै कपाल झर्ने समस्या भएकाले सकेसम्म चिसो पानीले नुहाउने गर्नु हुदैन।साथै पेटको रोग भएको बेला र टेन्सनले पनी कपाल झर्ने हुनाले यी कुराहरुमा पनी विचार पुर्याउनु पर्दछ।
  • धेरै तातो पानीले नुहाएको बेलामा पनी कपाल झर्न सक्ने हुनाले सकेसम्म मन तातो पानीले नुहाउने बानी गर्नु पर्दछ।
  • कपालमा स्याम्पू प्रयोग गरे पछी कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ तर कन्डिसनर प्रयोग गर्दा कपालमा मात्र लगाउनु पर्दछ र छालामा नपर्ने गरी लगाउनु पर्दछ।
  • कपालमा मेहदी लगाउने बेलामा त्यसमा एक रात अगाडी मेहदीमा अण्डाको सेतो भाग, मेथीको पाउडर, दही, त्रिफला, अमला तथा कागतीको रस मिसाएर लगाउने गरेमा चाँया बाट छुटकारा पाउन सकिन्छ।
  • धेरै कपाल झर्ने समस्याको लागी झमझम तेलको प्रयोगले नयाँ कपाल आउने र झर्न रोकिने हुन्छ, अझ तेलमा अदुवाको रस पनी मिसाएर लगाएमा कपाल अझै राम्रो हुन्छ र झर्ने समस्याबाट पनी छुटकारा मिल्छ।
  • कपाल नुहाउँदा धेरै माडने नगरेर हल्का तरिकाले नुहाउने गर्नु पर्दछ र हप्तामा २-३ पटक नुहाउने गरेमा कपालको साईनिङ बढनुका साथै कपाल बलियो पनी हुन्छ।
  • कपालको टुप्पाहरु सकेसम्म प्रत्येक ३(६ महिनामा काटने गरेमा कपाल लट्टा पर्दैन।



प्रतिक्रिया दिनुहोस !