६ जेष्ठ २०८१, आईतवार

सुमोले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु



झापा । आज बिहान ८ बजे झापाको कमल गाउँपालिका–५ स्थित सडकखण्डमा टाटा सुमोले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा पूर्व जाँदै गरेको मे.१ज.२००४ नंको टाटा सुमोले बाटो काट्दै गरेका कमल–६ बस्ने ५३ वर्षीय साइकलयात्री झुलानाथ खनाललाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षकले जानकारी दिए।

उनका अनुसार ठक्करबाट सख्त घाइते भएका खनालको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सुमे चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !