४ जेष्ठ २०८१, शुक्रबार

सबै वितण्डाका दोषी ओली हुन्, प्रमाण चाहिए एक भारी छन्ः माधव नेपाल



 

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र देखिएको सबै वितण्डाको मुख्य दोषी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन्।

आजदेखि ललितपुरको सानेपामा शुरू भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको राष्ट्रिय भेलामा बोल्दै नेता नेपालले त्यसका लागि प्रमाण चाहिए एक भारी प्रस्तुत गर्न सकिने बताए।

नेपालले भने,अहिले पार्टीभित्र जेजस्तो परिस्थिती निर्माण भएको छ, सबै वितण्डाको मुख्य दोषी, मुख्य जिम्मेबार केपी ओली नै हुन् । त्यसका लागि तथ्य प्रमाण चाहिन्छ भने एक भारी छन्।

पहिलेका प्रमाण चाहिए पुराना कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, मुकुन्द न्यौपानेले बताउन सक्ने उनको भनाइ थियो। ओलीले पूर्वाग्रह राखेर पार्टीमा गुटको सुरुवात गरेको आरोप लगाए।

 

 



प्रतिक्रिया दिनुहोस !