४ आश्विन २०८१, शुक्रबार

केपी शर्मा ओलीलाई योगेश भट्टराईले दिए यस्ता चेतावनी



 

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिएका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मंगलबार ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई शक्ति र धम्की भाषा प्रयोग नगर्न चेतावनी दिएका हुन्।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान समारोह गरेर गुटगत भेला गरे कारवाही हुन सक्ने संकेत गरेका प्रधानमन्त्रीलाई उनले अहंकारको भाषा प्रयोग नगर्न सुझाव दिए ।
कारबाही गरेर राजनीतिक अगाडि नबढ्ने भन्दै उनले आफूहरू कारबाही भोग्न तयार रहेको समेत बताएका छन् ।

उनले भने, “कारबाहीले मुलुक अघि बढ्दैन । राजनीति अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अंहकारपूर्ण अभिव्यक्ति हो । हामीलाई कुनै दुःख छैन । हामी सबै एकपछि अर्को कारबाहीको निम्ति लामबद्ध छौं । कारबाही खानका लागि तयार छौं । हामीलाई कुनै पश्चताप छैन । मुलुकका लागि संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनका लागि उभिएको मान्छे हो । हामीलाई त्यसमा कुनै हिनताबोध छैन । त्यसैले तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि हामी लामबद्ध छौं । जब इतिहासको कठघरामा तपाईं उभिनुभएको छ । जब इतिहासले सोधेका प्रश्नको तपाईं उत्तर दिन असमर्थ हुनुहुन्छ, त्यो बेला इतिहासले तपाईंलाई कठोर कारबाही गर्छ । सायद त्यो बेला तपाईंको निम्ति दुईथोपा आँशु चुहाउने मान्छे नहुन पनि सक्ला । त्यसैले धम्कीको भाषा नबोलौं । संयमताका साथ अगाडि बढौं मेरो आग्रह छ ।”

 



प्रतिक्रिया दिनुहोस !