४ जेष्ठ २०८१, शुक्रबार

एमाले नेपाल-खनाल समूहको राष्ट्रिय भेला आजदेखि हुँदै



 

काठमाडौं । आजदेखि काठमाडौँमा नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल समूहले दुई दिने राष्ट्रिय भेला गर्ने भएका छन् ।

दुई दिने भेलामा सहभागी हुन जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् । नजिकैका जिल्लाबाट नेता-कार्यकर्ता आज पनि आइपुग्ने क्रम जारी रहेको जनाएको छ ।

नेपाल समूहले हिजो पत्रकार सम्मेलन गरी भेलाको सम्मूर्ण तयारी पूरा भएको जानकारी गराएको थियो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले भेला गर्न लागेको हो ।

यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो ।

भेलाका लागि भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !