३० बैशाख २०८१, आईतवार

एकैदिन एमालेका तीन समूहको छुट्टाछुट्टै कार्यक्रम



काठमडौं । सत्तारुढ दल नेकपा एमालेका तीन समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन्।

मंगलबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले बालुवाटारमा चियापान, वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सानेपामा पत्रकार सम्मेलन र उपाध्यक्ष वामदेव गौतम समूहले बल्खुमा केन्द्रीय समिति बैठकको आयोजना गरेका छन्।

प्रधानमन्त्री ओली समूहले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रमको आयोजना गरेको एक नेताले बताए । बिहान ११ बजेबाट हुने चियापान समारोहमा नेपाल र गौतमपछि भने नजाने घोषणा गरेका छन्।

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ललितपुरको सानेपास्थिति हेरिटेज गार्डेनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। दिउँसो २ बजेका लागि आयोजित पत्रकार सम्मेलनमा नेपाल समूहले चैत ४ र ५ गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाका बारेमा जानकारी दिइने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जनाकारी दिएका छन्।

त्यस्तै उपाध्यक्ष वामदेव गौतमले बल्खुको रिद्धीसिद्धी पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएका छन्। फागुन २८ गते ओली पक्षले एकपक्षीय ढंगले महाधिवेशन मिति घोषणा गर्ने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि गोतमले ओलीसँग एकताको सम्भावना सकिएको बताएका थिए।

 

 



प्रतिक्रिया दिनुहोस !