३० बैशाख २०८१, आईतवार

बालुवाटारमा आज प्रधानमन्त्रीको चियापान कार्यक्रम, नेपाल पक्षले भने बहिष्कार



 

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान ११ बजेपछि चियापान कार्यक्रम आयोजना गरेका छन् ।

चियापान कार्यक्रममा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने जनाएको छ ।

पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल पक्षले भोलि कार्यकर्ता भेला बोलाएको छ । सोही भेलाको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !