२९ बैशाख २०८१, शनिबार

जसपाको पदाधिकारी बैठक बस्दै, यस्तो महत्वपुर्ण विषयमा छलफल हुने



 

काठमाडौं । जनता समाज पार्टी (जसपा)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो दुई बजे बोलाइएको छ।

बैठकमा पार्टीको संगठनात्मक संरचनाको खाका तयार पार्नेलगायतका विषयमा छलफल हुने नेता अशोक राईले जानकारी दिएका छन् ।

आगामी बिहीबार बस्ने कार्यकारिणी परिषदको बैठकमा संगठनात्मक खाका प्रस्तुत गर्ने जसपाको तयारी छ ।

पदाधिकारी बैठकमा सत्ता समीकरणको विषयमा समेत छलफल हुने अनुमान छ । नयाँ सत्ता समीकरणमा जसपा निर्णायक भूमिकामा छ ।

 



प्रतिक्रिया दिनुहोस !