४ जेष्ठ २०८१, शुक्रबार

किन बोलाइन् आज राष्ट्रपति भण्डारी सर्वदलीय बैठक ?



 

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक बोलाएकी छिन् ।

आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका संचार मामिला विज्ञ टीका ढकालले जानकारी दिए ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सबै दलका मुख्य नेताहरुलाई शितल निवासमा बोलाइएको उनले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !