२९ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची



 

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि शोक प्रस्तावको कार्यसूची रहेको छ ।

दिउँसो १ बजे डाकिएको बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिएका छन् ।

यसअतिरिक्त संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ ।

सर्वोच्च अदालतको फागुन ११ को फैसलापछि पनुर्स्थापित भएको प्रतिनिधिसभा बैठक फागुन २३ देखि बस्दै आए पनि सरकारले बिजनेस दिएको छैन ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !