मकवानपुरगढी गाउँपालिकाद्वारा बाँदर धपाउन उपकरण वितरण
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी बाँदर धपाउन उपकरण वितरण गर्ने तयारी थालेको छ ।
बाँदरले खाद्यन्न बाली नोक्सानी पुर्याएका कारण गाउँपालिकाले किसानलाई लक्षित गरी बाँदर धपाउन उपकरण वितरण लागेको हो ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँका अनुसार गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको हो । गाउँपालिकाले रु पाँच लाख बजेट छुट्याएको छ । पहिलो चरणमा २८० वटा उपकरण खरिद गरी वितरण गरिने अध्यक्ष हुमागाईँले जानकारी दिए ।
उपकरण जीवजन्तुलाई तर्साउन÷डराउनका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले उपकरण प्राप्त गर्नका लागि किसानहरुलई सूचना प्रकाशितसमेत गरेको छ । उपकरण गाउँपालिकाले निःशुल्क वितरण गर्ने अध्यक्ष हुमागाईँले जानकारी दिए ।