३ जेष्ठ २०८१, बिहीबार

आज २०७७ चैत ३ गते मंगलवारको राशिफल



२०७७ चैत ३ गते मंगलवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुनसक्छन् । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ ।

मिथुन

आज वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । आफन्तसंग भेटघाट र मित्रहरुबाट सहयोग मिल्नेछ ।

सिंह

आज सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । विद्या र नयाँ ज्ञान बढ्नेछ ।

तुला

दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । नयाँ कामको थालानी या योजना बन्ला ।

धनु

आज रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कुम्भ

नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ ।

बृष

आज प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् ।

कर्कट

आज शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ । मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ ।

कन्या

महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला । यात्रा गर्दा सचेत हुनुपर्नेछ ।

बृश्चिक

आज कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ । दाजु भाईबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ ।

मकर

शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ ।

मीन

आज शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ । लगानीमा रहेको रकम फिर्ता आउनसक्छ ।



प्रतिक्रिया दिनुहोस !