३ जेष्ठ २०८१, बिहीबार

भोलि बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची यस्तो छ (कार्यसूचीसहित)



 

काठमाडौं । मंगलबारको बैठक पनि सरकारका तर्फबाट ‘बिजनेस’ नदिएपछि प्रतिनिधिसभाको औपचारिकतामा सीमित हुने भएको छ ।

संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममको सूचीमा बैठकको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूको मनोनयन र संविधान सभा सदस्य दिनेशचन्द्र यादवको शोक प्रस्ताव पारित हुने भएको छ ।

२०७० सालको संविधान सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार यादव बाँके क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए । खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत भएका यादवको गत १ माघमा ७५ वर्षको उमेरमा निधन भएको थियो ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट ‘बिजनेस’ नदिएपछि बैठक औपचारिकतामा मात्र सीमित हुने भएको हो ।

कार्यसूची यस्तो छ



प्रतिक्रिया दिनुहोस !