१४ मंसिर २०८१, शुक्रबार

ओली र माधव संग भेट हुन किन गएनन् झलनाथ खनाल ?



काठमाडौनेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ ।

सर्वोच्चको फैसलापछि पूर्ववत् फर्किएपनि एमालेको अन्य बैठकहरुमा उपस्थित नभएका नेपाल आज पार्टी कार्यालय धुम्बारीमा वार्तामा पुगेको थिए ।

तर आजको बैठकमा पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनाल गएनन् । बिहान समेत पार्टीको कार्यक्रममा गएका खनाल अध्यक्षले नबोलाएको कारण धुम्बाराही बैठकमा उपस्थित नभएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चको फैसलासँगै पूर्वरत् रुपमा एमालेमा फर्किएपनि आफूहरुलाई ओलीले बैठकमा नबोलाएको भन्दै नेपाल-खनालपक्ष असन्तुष्ट रहेका थिए ।

पार्टीभित्रको विवाद वार्ताको माध्ययबाट समाधान खोज्नका लागि भन्दै बैठक बोलाइएपनि नेता खनाल उपस्थित नभएपछि नेताहरुले त्यसबारे चासो व्यक्त गरेका थिए ।

आजको छलफल सकारात्मक देखिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकमा नेपाल पक्षले ओलीले फागुन २८ गते गरेका निर्णयहरु फिर्ता गर्नका लागि आग्रह गरेको नेता भीम रावलले जानकारी दिएका छन् । त्यस्तै ओलीले आफूले एकल रुपमा गरेका निर्णयहरु फिर्ता लिएमा मात्रै आगामी दिनहरुमा वार्ताको माध्यमबाट समाधान खोज्ने प्रयासमा आफ्नो पक्ष रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !