१४ मंसिर २०८१, शुक्रबार

नेता नेपालले ओलीलाई गरे यस्तो आग्रह ,तर ओलीले मानेनन्



 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २८ फागुनको निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार नभएको बताएका छन् ।

एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले अध्यक्ष ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने बताएको थियो । बैठकपछि नेता नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पुर्‍याउँ ।’तर अध्यक्ष ओली त्यसमा सहमत नभएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !