१४ मंसिर २०८१, शुक्रबार

सरकारको नेतृत्व जसपाले गर्ने बाबुरामको दाबी



 

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो दलले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । ट्वीट गर्दै उनले आफ्नो दल कसैको पुच्छर नभएको उल्लेख गर्दै देशको नेतृत्व गर्ने दाबी गरेका हुन् ।

भट्टराईले गएराति ट्वीट गर्दै जसपाको भूमिकाबारे तीन बुँदामा देशको नेतृत्व गर्ने शक्ति भएको उल्लेख गरेका छन् । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरुद्ध जसपाले कसैसँग सम्झौता नगर्ने र सत्तारुपी जुवाको खालको च्याँखेदाउ थाप्ने खेलाडी नभएको समेत उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !