अन्तर्राष्ट्रिय सेराविक उर्जा अवार्डबाट सम्मानित भए भारतीय प्रधानमन्त्री मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्तर्राष्ट्रिय सेराविक उर्जा तथा पर्यावरण अवार्डले सम्मानित भएका छन् ।
सूचना सेवा कम्पनी आईएच्एस् मार्किटले बार्षिक रुपमा आयोजना गर्ने अन्तर्राष्ट्रिय सेराविक उर्जा तथा पर्यावरण अवार्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्मानित गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
यो वर्षको सेराविक सम्मेलन यही मार्च १ देखि ५ सम्म भर्चुअल रुपमा सम्पन्न भएको थियो ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु सम्बन्धी प्रतिनिधि जोन केरी, अर्बपति ब्यापारी बिल गेट्स र मेलीन्दा गेट्स फाउन्डेसनका उपप्रमुख साउदी अराम्को, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न क्षेत्रका प्रख्यात व्यत्तित्वहरु सहभागीता रहेको थियो ।
भारतमा दिगो बिकास र उर्जाका लागि प्रधानमन्त्री मोदीको नेतृत्वलाई सम्मान स्वरुप सेराविक उर्जा तथा पर्यावरण नेतृत्वको अवार्डले सम्मानित गरेको आयोजक कम्पनीका उपप्रमुख ड्यानीयल यर्गीनले जानकारी दिए ।
आर्थिक विकास, गरिबी निवारण र उर्जाको क्षेत्रमा भारतले उल्लेखनीय भूमिका खेलीरहेको उनले टिप्पणी गरे । सेराविक अन्तर्राष्ट्रिय सम्मेलनमा उर्जा क्षेत्रका नेतृत्व, विज्ञ, प्राविधिक क्षेत्रका विज्ञ, आर्थिक तथा औद्योगिक समुदाय, सरकारी अधिकारी, नीति निर्माता लगायतका महत्वपुर्ण व्यात्तित्वहरु सहभागी हुने गर्दछन् ।