१४ मंसिर २०८१, शुक्रबार

नियमित सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडकखण्ड



 

चितवन। शनिबारदेखि नारायणगढ–मुग्लिङ सडकखण्ड नियमित सञ्चालनमा आएको छ। इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो ।

पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सबिना रानाभाटका अनुसार शनिबार दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन सुचारु गरिएको जानकारी दिए ।

यो सडक बिस्तारका क्रममा ठाउँठाउँमा भित्तो काटिएपछि पहिरोको जोखिम बढेको भन्दै बन्द गरिएको थियो । सडक विस्तार सँगसँगै पहिरो रोकथामको काम पनि अघि बढाइएको थियो । यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।

 

 



प्रतिक्रिया दिनुहोस !