२ जेष्ठ २०८१, बुधबार

यस्तो छ २०७७ चैत १ गते आइतवारको राशिफल



 

२०७७ चैत १ गते आइतवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ ।

मिथुन

आज मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कतै घुम्न पनि पाईनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ ।

सिंह

आज बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा सचेत हुनुपर्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।

तुला

आज रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

धनु

चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

कुम्भ

आज दाम्पत्य र प्रेम सम्बन्ध सुदृढ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

बृष

आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ ।

कर्कट

आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कन्या

धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

बृश्चिक

आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । आफन्तसङ्ग भेटघाट र सफल यात्राको योग छ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

मकर

आज वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ ।

मीन

आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस !