१२ मंसिर २०८१, बुधबार

चन्द नेतृत्वको नेकपा र बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबीच ३ बुँदे यस्तो भयो महत्वपुर्ण सहमति



काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच शनिबार तीन बुँदै सहमति भएको छ ।

दुई पार्टीबीच क्रान्तिकारीबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने, दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रूपमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागी बनाउने सहमति भएको हो ।

सहमतिपछि नेकपा अध्यक्ष चन्द र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कर्णजीत बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ३ बँदे सहमतिका बुँदाहरू उल्लेख छन् । केही दिन अघिमात्रै सरकारले चन्द नेतृत्वको समूहमाथि लगाएको प्रतिबन्ध फुकाएको थियो ।



प्रतिक्रिया दिनुहोस !