१४ मंसिर २०८१, शुक्रबार

ओलीले भने–माकुराको जालोमा भैंसी पर्दैन



काठमाडौ।प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका तानावानाले आफूलाई कुनै फरक नपर्ने बताएका छन् ।  उनले माकुराको जालोमा भैसी नपर्ने भन्दै ब्यङ्ग्य पनि गरे ।
‘हामी धेरै सजिला अप्ठेराहरु झेलेर आएका छौं । जेलनेल, भूमिगत, दमन, लडाइँ–झगडा खेपेर त्यसविरुद्ध लडेर आएका छौं,’ अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले भने, ‘त्यसकारण म भन्ने गर्छु माकुराले थापेको जालोमा भैसी पर्दैन । अहिले पनि माकुराहरूले थुुप्रै जालो थापे । तर गैडा सुरु–सुरु अघि बढ्छ । जालो कहाँ थियो, त्यसले थाहै पाउँदैन । हामी देश विकासको कुरा हेरेर अघि बढेका छौं ।’
प्रचण्ड–नेपाललगायतलाई संकेत गर्दै उनले भने,‘ माकुराले कहाँ जालो थापेको छ ? जालो चुँडाएपछि ऊ कराउन थाल्छ – जालो चुडिँयो, यसरी चुडाउन पाइदैंन भन्छ । उसले थापेको जालो नै थाहै नपाई चुँडिन खालको छ त म के गरौं ?’
उनले यदि आफू नेतृत्वको सरकार नरहे अब हुने चुनावबाट फेरि दुई तिहाइ बहुमत ल्याएर फेरि सिंहदरबार पस्ने बताए ।



प्रतिक्रिया दिनुहोस !