नयाँ मन्त्रीको सपथग्रहणमा सभामुख पनि उपस्थित
काठमाडौं । नयाँ मन्त्रीहरूको सपथ ग्रहणमा विघटित प्रतिनिधिसभाका सभामुख पनि उपस्थित भएका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा गराएको सपथ समारोहमा सापकोटा उपस्थित भएका हुन्।
यसअघि राजीनामा दिएका मन्त्रीको रिक्त ठाउँमा ओलीले शनिबार नयाँ मन्त्रीलाई नियूक्त गरेका हुन्।
विघटित संसदका सभामुखले संसद् बैठक बोलाउने चर्चा चलेकै बखत नयाँ मन्त्रीको सपथ समारोहमा उपस्थित हुनुलाई रहस्यमय भएको भन्दै विश्लेषण गर्न थालिएको छ।
यसअघि ओलीले बोलाएको संवैधानिक परिषदको नियुक्तसम्बन्धी बैठकमा सभामुख अनुपस्थित भएका थिए। सभामुख अनुपस्थित भएपछि ओलीले मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति अनुमोदन गरेकी थिइन्।
मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा उपस्थित भएका थिएनन्। त्यसबेला प्रतिनिधिसभा विघटन भएको थिएन।