१३ मंसिर २०८१, बिहीबार

कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भएको छ : देउवा



काठमाडौ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको भन्‍दै प्रजातन्त्रलाई स्थायी बनाउन लड्नुपर्ने बेला आएको बताए। कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए ।

‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने, ‘ओली सरकार कस्तो प्रजातान्त्रिक संस्कार नभएको ? कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहान्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरूलाई बहकाएर आफू सत्तामा बसिरहने गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !