३ जेष्ठ २०८१, बिहीबार

२०७७ फागुन २९ गते शनिवारको राशिफल



२०७७ फागुन २९ गते शनिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।

मिथुन

आज शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता छाउनेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ ।

सिंह

आजवाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कीर्तिमानी काम गर्ने समय छ ।

तुला

आज घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

धनु

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च पनि हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कुम्भ

साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

बृष

वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पनि पाईनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।

कर्कट

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला ।

कन्या

आज चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ ।

बृश्चिक

आज धार्मिक यात्राको योगछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति पनि हुनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

मकर

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमणीय र सुखद् यात्राको योग छ ।

मीन

आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ ।



प्रतिक्रिया दिनुहोस !