१३ मंसिर २०८१, बिहीबार

देशमा ठूलो षड्यन्त्र भइरहेको छः प्रचण्ड



 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रमले राष्ट्रका विरुद्ध ठूलो षडयन्त्रको आभास भएको बताएका छन् ।

दलित पत्रकार संघको केन्द्रीय अधिवेशनलाई बुटवलमा उद्घाटन गर्दै प्रचण्डले देशमा ठूलो षड्यन्त्रको आभास भएको बताए ।

उनले नेकपाको एकीकरण विघटनको घटनाले पनि त्यसको पुष्टि हुने बताए ।

प्रचण्डले भने, जन्मिसकेको बच्चालाई फेरि आमाको कोखमा लगिदिने जस्तो अनौठो घटना देखिन थालेको छ । यो कस्तो अनौठो घटना हो ? उक्त फैसला राजनीतिक षडयन्त्रको उपज भएको प्रचण्डको निष्कर्ष छ ।

प्रचण्डले कार्यक्रममा बोल्दै अब माओवादी केन्द्र पुनर्गठन गर्दा गुणात्मक रुपमा दलितहरुलाई स्थान दिने बताएका छन् । महासचिव नै त भन्न सक्दिनँ । तर, अबको पार्टीको पुनर्गठनमा गुणात्मक रुपमा सहभागिता गराउने छु, प्रचण्डले भने ।

 



प्रतिक्रिया दिनुहोस !