४ पुष २०८१, बिहीबार

हृदयघात भएका काँग्रेस (वीपी) का सभापति भट्टराईप्रति देउवाको स्वास्थ्य लाभको कामना



फागुन २७ काठमाडौं । हृदयघात भइ नर्भिक अस्पतालमा रहनुभएका नेपाली काँग्रेस (वीपी) का सभापति तथा काठमाडौं नगरका पूर्व मेयर हरिबोल भट्टराईको स्वास्थ्यावस्था बुझ्न पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधबार थापाथली स्थित नर्भिक अस्पताल पुगेका थिए । भेटमा देउवाले भट्टराईको स्वास्थ्य लाभको कामना गरेका छन् ।

घरमै रहेका सभापति भट्टराईलाई फागुन १९ गते साँझ ५ बजे तिर अकस्मात स्वास्थ्यमा समस्या देखापरि ललितपुरको स्टार अस्पताल लगिएकोमा हृदयघात भनि नर्भिक रिफर गरेको थियो । नर्भिकमा डा.जेपी जैसवाल नेतृत्वको टिमले भेन्टिलेटरमा राखेर उपचार थालिएका भट्टराईको राति साढे ८ बजे मुटुको शल्यक्रिया गरी स्टेन्ट राखेपछि बिस्तारै भोलिपल्ट २० गते दिनको १ बजे तिरबाट भेन्टिलेटरको सपोर्ट हटाइएको थियो ।
२१ गते पूर्णरुपमा होस आएर सामान्य कुराकानी गर्न थालेको सभापति भट्टराईलाई २३ गते बेलुका वार्डमा सारिएकोमा २४ गते पिसाबमा रगत देखा परेपछि पून- सिसियुमा भर्ना गरिएको डा.जैसवालले जानकारी दिए ।

७४ वर्षीय सभापति भट्टराईको स्वास्थ्यमा सुधार देखिएकाले स्वास्थ्यावस्था अहिले खतरामुक्त रहेको ड.जैसवालले जानकारी दिए ।

हृदयघात भई फागुन १९ गते बेलुका देखि नर्भिक अस्पताल उपचाररत रहनुभएका पार्टी सभापति तथा काठमाडौका पुर्व नगर प्रमुख हरिबोल भट्टराईलाई फागुन २० गते विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्र, हिजो फागुन २६ गते नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आज फागुन २७ गते नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नर्भिक अस्पताल पुगि स्वास्थ स्थितिबारे जानकारी लिग्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस !