नेकपा एमालेको बैठक तुरुन्तै बोलाउन माधव नेपाल समुहको माग
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले तुरुन्तै पार्टीको बैठक बोलाउन माग गरेको छ ।
बिहीवार बसेको नेपाल निवास कोटेश्वरमा बसेको स्थायी कमिटीको सदस्यको भेलाले बैठक बोलाउन माग गरेको एमालेका उपाध्यक्ष भीम रावलका जानकारी दिएका छन् । उक्त बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता थियो ।
सर्वोच्चको आदेशअनुसार एमाले पुनस्स्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरिएको जनाएको छ ।