१२ बैशाख २०८१, बुधबार

पश्चिमी वायुको प्रभावः आज वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।

देशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ ।

आज राति देशभरि आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका एकरदुई स्थानमा मेघ गर्जन-चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !