एकाएक जसपाका शीर्ष नेतालाई किन ओलीले बोलाए बालुवाटार ?
काठमाडौं । सत्ता समीकरणबारे दलहरुबीच छलफल चलिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् । अपराह्न ५ बजे जसपाका शीर्ष नेताहरु प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका हुन् ।
जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका हुन् ।जसपा नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भेटवार्ताका लागि पाँच शीर्ष नेतासहित वार्ता कार्यदलका सदस्य पनि भेटवार्तामा सहभागी हुने बताए ।