प्रचण्डले ओलीलाई दिए यस्तो कडा चेतावनी,लड्न पनि पछाडि नह्टने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक लडाइँबाट आफू नभाग्ने बताएका छन् । बिहीवार नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै प्रचण्डले नयाँ पुस्तालाई नेतृत्व दिन दबाब परे पनि आफूले नछाड्ने बताएका हुन् ।
उनले भने, ‘जनयुद्ध शुरु गर्दा म् ४२ बर्षको थिए, अहिले म् ६७ बर्षको भए, उमेरले कति दिन्छ कतिपयले भन्छन्, उमेर भएकाले छोडदिन पर्यो भन्छन्, म् छोड्ने वाला छैन, माओसेत्वुङले ७२ बर्षमा सांस्कृति क्रान्ति गरेका थिए, म एक पटक फेरी क्रान्तिमा अगाडी जानेमा छु, मैले छोड्ने वालामा छैन । म लड्ने वाला मै छु । एउटा ब्याटल लडेपनि र जित्यौ पनि र अन्य दुइ चार वटा ब्याटल जित्नुपनि छ ।’
प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेकाले यसलाई सुधार गर्ने बताएका छन् ।
‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो’ नमुना स्वास्थ्यकर्मी संघ नेपालले गरेको कार्यक्रममा उनले भने, ‘अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’