१३ मंसिर २०८१, बिहीबार

जसपा शीर्ष नेताको बैठक जारी,यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुदै



काठमाडौँ । सत्ता समीकरणको विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक जारी छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा जारी बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद् अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेताद्वय अशोक राई, राजेन्द्र महतो सहभागी छन् । 

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोसँग गठबन्धनलाई लिएर वार्ता भएको थियो । त्यसअघि एमालेसँग पनि जसपा नेताहरुको वार्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस !