१ जेष्ठ २०८१, मंगलवार

बिहीबार पनि महँगियो सुन,तोलामा कति ?



काठमाडौ।बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार पनि सोही दरमा सुनको भाउ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रति तोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य ८६ हजार दुई सय रुपैयाँ प्रति तोला पुगेको थियो ।

चाँदी तोलामै १५ रुपैयाँ महँगिएको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रति तोला एक हजार २ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रति तोला एक हजार २ सय ७० रुपैयाँमा कारोबार भएकव थियो ।



प्रतिक्रिया दिनुहोस !