४ जेष्ठ २०८१, शुक्रबार

एक्कसि किन बस्यो माधव नेपाल पक्षको बेग्लै बैठक, केन्द्रीय सदस्यहरूलाई बोलाइयो



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो ।

हाम्रो यस सर्वप्रिय न्युजको तर्फ बाट हाम्रापाठक वर्गहरुमा महा शिवरात्रीको हार्दिक मंगलमय शुभकामना

‘एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने’ निष्कर्षसहित पेरिसडाँडाबाट छुटेको माधव नेपाल पक्षले आज अपरान्ह ४ बजे आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बानेश्वरको अर्याल होटलमा बोलाएको छ । केन्द्रीय सदस्य हरिबहादुर राईले बैठक बोलाइएको पुष्टि गरे ।

अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बस्न लागेको बताइएको छ । अध्यक्ष ओलीले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !