२ जेष्ठ २०८१, बुधबार

ओलीले पहल गरे पुनः एकता हुन सक्छ :नेता श्रेष्ठ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले तत्काल केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता लिने तयारी बनाएको छैन ।

फेरि पनि एमाले र माओवादीबीच एकता वा सहकार्य भएर सरकारलाई निरन्तरता दिने सम्भावनाका विषयमा बाहिर विभिन्न अड्कलवाजी भइरहेका छन् ।

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकका निर्णय सुनाउने क्रममा नेता नारायणकाजी श्रेष्ठलाई पत्रकारले फेरि एकताको सम्भावनाबारे सोधेका थिए । श्रेष्ठले यसलाई इन्कार गरेनन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएर पार्टी एकताको पहल गरे त्यो सम्भव भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !