शोकप्रस्ताव पारित गरेर संसद बैठक चैत ३ गतेसम्म स्थगित
काठमाडौं । पूर्व तथा बहालवाला १४ सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ र संविधानसभा सदस्य मानपुर चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।