१ जेष्ठ २०८१, मंगलवार

माओवादीको स्थायी कमिटी बैठक बस्‍दै, देउवा र भट्टराईसँग छलफलबारे के हुन्छ ?



काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैआएको छ । आज दिउँसो ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

मंगलबार माओवादीका अध्यक्ष पुष्‍पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग सत्ता समिकरणबारे छलफल गरेका थिए । देउवा र भट्टराईसँग भएका छलफलबारे पनि दाहालले बैठकमा जानकारी गराउने माओवादीका एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस !