४ जेष्ठ २०८१, शुक्रबार

सवारी चालकको अनलाइन फारम पुस १४ गतेदेखि खुल्ने



काठमाडौं । यातायात व्यवस्था कार्यालयहरुले चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम मंगलबारदेखि खोल्‍ने तयारी गरेका छन्।

कोरोना महामारीसँगै बन्द भएको लाइसेन्सको वितरणको कार्य पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

यसका साथै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ।

विभिन्न किसिमको चालक अनुमतिपत्र लिनका लागि हजारौं व्यक्ति प्रतिक्षारत छन्।



प्रतिक्रिया दिनुहोस !